शनिबार, वैशाख १५, २०८१

नेपाल बैंकले ८४ औं बार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने

नेपालखोज २०७७ कार्तिक २ गते १९:५३

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८४ औं बार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने भएको छ । बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखी निक्षेप खाताहरुमा मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट एकाउन्ट, मेरो सेयर, सिआस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ । बिक्रम संम्वत् १९९४ कात्र्तिक ३० गते लक्ष्मी पूजाको दिन स्थापना भई नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउदै आइरहेको छ ।

प्रतिक्रिया