बिहीबार, वैशाख २०, २०८१

आजको विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० मंसिर २१ गते ८:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ६३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया