मंगलबार, वैशाख ११, २०८१

एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबिच कृषि ऋण सम्बन्धी सम्झौता

नेपालखोज २०७७ कार्तिक २ गते २०:२१

काठमाडौं । एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबिच कृषिऋण सम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयमा यही असोज ३० गते सम्पन्न भएको कार्यक्रममा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरुलाई कृषिऋण प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यो सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराईने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन ।

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल बैंकको ७ वटै प्रदेशमा गरी ९८ शाखा कार्यालय, ३० राज्वस्व सङ्कलन काउन्टर तथा १२९ स्थानमा एटिएम काउन्टर रहेकाछन् ।

प्रतिक्रिया