शुक्रबार, चैत १६, २०८०

तेस्रो घण्टाको कारोबार अवधिमा जलविद्युत समूहको परिसूचकमा सर्वाधिक बृद्धि, ८१ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ कार्तिक ४ गते १४:१५

काठमाडौं । मंगलबार तेस्रो घण्टाको कारोबार अवधिमा जलविद्युत समूहको परिसूचक सर्वाधिक १ दशमलव ५५ प्रतिशत बढेको छ । कारोबारमा आएका १२ समूहकै परिसूचक यो अवधिसम्म बढीरहदा नेप्से परिसूचक १० दशमलव ९० अंक बढेर १ हजार ५८१ दशमलव २८ विन्दुमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स २ दशमलव १९ अंक बढेर ३१३ दशमलव शून्य ८ विन्दुमा पुगेको छ ।

तेस्रो घण्टामा १९० कम्पनीको ८१ करोड २५ लाख ९४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको ३३ लाख ९ हजार ६८६ कित्ता शेयर खरिद विक्री भएको हो । यो अवधिसम्म अरुण काबेली पावरको सर्वाधिक रकम बराबरको शेयर खरिद विक्री भएको छ । अरुण काबेली पावरको तेस्रो घण्टासम्ममा रू. ६ करोड ६५ लाख ७३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया