आइतबार, वैशाख २३, २०८१

३४ अंकले घट्दा एक अर्ब ६० करोडको सेयर किनबेच

नेपालखोज २०७९ असोज २ गते १६:०८

काठमाडौं । नेप्से अन्ततः १९ सय अंकबाट पनि तल झरेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ३३ दशमलव ९७ अंकले घटेर १८ सय ७६ दशमलव ४१ अंकमा झरेको हो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव चार अंकले घटेर तीन सय ६५ दशमलव ८६ अंकमा झरेको छ । दुई सय २९ वटा कम्पनीहरुको २७ हजार सात सय ९० पटकको कारोबारमा ६२ लाख ९६ हजार चार सय ४५ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब ६० करोड १८ लाख २२ हजार नौं सय ५५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाणिज्य बैंक समूहको सुचक १२ दशमलव ३३ अंकले घटेर १२ सय ९४ दशमलव ६१ अंकमा झरेको छ भने विकास बैंक समूहको सूचक पनि ९१ दशमलव ५७ अंकले घटेर ३३ सय ३८ दशमलव ९८ अंकमा झरेको छ ।

जलविद्युत समुहको सुुचक पनि ६५ दशमलव ७२ अंकले घटेर दुई हजार ५७ दशमलव ९७ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सुचक पनि एक सय २४ दशमलव ६१ अंकले घटेर सात हजार छ सय ४२ दशमलव ८१ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सुचक पनि दुई सय २१ दशमलव ८३ अंकले घटेर आठ हजार आठ सय ८८ दशमलव ७० अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज ग्लोवल आईएमई समुन्नत योजना १ को प्रतियुनिट सेयर मुल्य पाँच दशमलव ३५ प्रतिशतले बढेर आठ रुपैयाँ ८६ पैसामा कारोबार हुँदा बलेफी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ८६ प्रतिशतले घटेर दुई सय ७० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी लक्ष्मी बैंकको प्रतिकित्ता एक सय ९८ रुपैयाँ अन्तिम मुल्यमा २१ करोड ३८ लाख ४४ हजार एक सय ८२ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया