शनिबार, वैशाख ८, २०८१

परिवारको सुख शान्तिका लागि आज भगवान विष्णुको पुजा आराधना गर्नुहोस्

नेपालखोज २०७७ कार्तिक ५ गते ५:१०

आज बुधबार भगवान विष्णुको पुजा आराधना गर्नाले परिवारमा सुख शान्ति प्राप्त हुन्छ । पापरूपी हिलोमा फसेका र संसाररूपी समुद्रमा डूबेका मनुष्यका निम्ति भगवान विष्णुको पूजन अत्यन्त आवश्यक छ ।

आजका दिन शंख, चक्र, गदाधारी विष्णु भगवानको पूजा हुन्छ, जसको नाम श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन आदि छ । तिनको पूजा गर्नाले जुन फल प्राप्त हुन्छ त्यो गंगा, काशी, नैमिषारण्य र पुष्कर स्नानबाट प्राप्त हुन्छ, त्यो फल विष्णु भगवानको पूजनबाट प्राप्त हुन्छ । जुन फल सूर्य र चंद्र ग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्नाले, समुद्र, वन सहित पृथ्वीदान गर्नाले, सिंह राशिको बृहस्पतिमा गोदावरी र गण्डकी नदीमा स्नान गर्नाले पनि प्राप्त हुन सक्दैन् त्यो फल भगवान विष्णुको पूजनद्वारा प्राप्त हुन्छ ।

अतः पापदेखि डराउने मनुष्यले विष्णु भगवानको पूजन अवश्यमेव गर्नुपर्दछ ।यस अवसर भन्दा ठूलो पाप नाश गर्ने मौका पाउन गाह्रो छ ।

प्रतिक्रिया