शनिबार, वैशाख ८, २०८१

ट्रम्प अन्तरवार्ताकाे बीचमै छाडेर हिँडे

नेपालखोज २०७७ कार्तिक ५ गते ९:३५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीबीएस न्यूजसँग चलिरहेको एकल अन्तरवार्ताकाे बीचमै छाडेर हिँडेका छन् ।

ट्रम्पले अचानक अन्तरवार्ता छाडेपछि च्यानललाई उनीहरुसँग पर्याप्त सामग्री भइसकेको जवाफ दिएका थिए । सिएनएनले यसबारे सीबीएस न्यूजलाई सोध्दा यसको कुनै जवाफ आएन । यद्यपि ह्वाइट हाउसले पनि सीएनएनको रिपोर्टको खण्डन गरेको छैन् । पछि राष्ट्रपति ट्रम्पले अन्तरवार्ता लिने पत्रकार लेस्ले स्टलमाथि मास्क नलगाएको आरोप लगाउँदै उनको मास्क नलगाएको एउटा छोटो क्लिप पनि ट्वीट गरेका थिए ।

मंगलबार उनी सोही अन्तरवार्ताको क्रममा उपराष्ट्रपति माइक पेन्ससँग देखिने तय भएकाे थियो तर उनी त्यसका लागि पछि नफर्किएको सीएनएनले स्रोतलाई उद्धृत गर्दै लेखेको छ । सोमबार ह्वाइट हाउसमा अन्तरवार्ताको लागि सबै सेटअप गरेपछि ट्रम्प करिब ४५ मिनेटसम्म बसे र अचानक उठेर हिँडे ।

ट्रम्पले अचानक अन्तरवार्ता छाडेपछि च्यानललाई उनीहरुसँग पर्याप्त सामग्री भइसकेको जवाफ दिएका थिए । सिएनएनले यसबारे सीबीएस न्यूजलाई सोध्दा यसको कुनै जवाफ आएन । यद्यपि ह्वाइट हाउसले पनि सीएनएनको रिपोर्टको खण्डन गरेको छैन । पछि राष्ट्रपति ट्रम्पले अन्तरवार्ता लिने पत्रकार लेस्ले स्टलमाथि मास्क नलगाएको आरोप लगाएका थिए । र उनको मास्क नलगाएको एउटा छोटो क्लिप पनि ट्वीट गरेका थिए ।

यो घटनाबारे जानकार एक व्यक्तिले सीएनएनलाई बताएअनुसार स्टलको यो तस्वीर त्यतिबेलाको हो जब ट्रम्पले अन्तरवार्ता बीचमै छाडेपछि उनी आफ्नो कार्यक्रमका उत्पादकहरुसँग थिइन् । त्यतिबेला उनी मास्क लगाउनको लागि आफ्ना सहयोगीहरुसम्म पुग्न पनि भ्याएकी थिइनन् । उनले ह्वाइट हाउस प्रदेश गर्दादेखि अन्तरवार्ता सुरु हुने ठिक अगाडिसम्म पनि मास्क लगाएकी थिइन् ।

प्रतिक्रिया