बिहीबार, वैशाख १३, २०८१

विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की नियुक्त

नेपालखोज २०७७ कार्तिक ५ गते ९:५३

काठमाडौं। सरकारले विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की र सदस्यमा अब्दुल्लाह अजिज मुसलमान, नित्यानन्द पाण्डेलाई नियुक्त गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई विशेष अदालतको अध्यक्ष तथा मुसलमान र पाण्डेलाई सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद बैठकले सैनिक विशेष अदालतमा लोहिच चन्द शाह, राजश्व न्यायाधीकरणको अध्यक्षका विनोद शर्मा, राजश्व न्यायाधीकरण विराटनगरमा सत्यमोहन जोशी थारु र राजश्व न्यायाधीकरण नेपालगञ्जमा केशवराज जोशीलाई नियुक्त गरेको छ।

विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरुमध्येबाट सरकारले मागेजति संख्यामा न्यायपरिषदले सिफारिस गर्ने गर्छ। न्यायपरिषदको सिफारिसका आधारमा सरकारले नियुक्ती गर्ने व्यवस्था छ।

प्रतिक्रिया