बिहीबार, चैत १५, २०८०

विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

नेपालखोज २०७७ कार्तिक ५ गते १०:१८

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ। विप्लवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप विप्लवले लगाएका छन्।

सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लवले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्। संघर्षका कार्यक्रममा कोण सभा, पर्चा वितरण, विरोध जुलुस लगायतका छन्।

प्रतिक्रिया