मंगलबार, वैशाख ११, २०८१

बुधबार दोस्रो घण्टामा ७३ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक ११.८९ अंक माथी

नेपालखोज २०७७ कार्तिक ५ गते १३:१४

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार दोस्रो घण्टामा ७३ करोड ९८ लाख ६१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १७६ कम्पनीको उक्त रकम बराबरको २३ लाख ८० हजार २९९ कित्ता शेयर कारोबार भएको हो ।

यो अवधिसम्म नेप्से परिसूचक ११ दशमलव ८९ विन्दु माथी उक्लिएर १ हजार ५९५ दशमलव ६६ विन्दुमा पुगेको छ । दोस्रो घण्टाको कारोबार अवधिसम्म होटल र जलविद्युत समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो दिन बैंकिङ समूहको परिसूचक १ दशमलव २२ प्रतिशत, व्यापारिक समूहको १ दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ४२ प्रतिशतले बढेको छ । सर्वाधिक रकमको कारोबार भैरहेको एनआईसी एशिया बैंकको दोस्रो घण्टामा १८ करोड ४ लाख ७८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया