बिहीबार, चैत १५, २०८०

प्रभु लाइफको ६० लाख कित्ता आइपिओ आउँदै

नेपालखोज २०७७ मंसिर १४ गते १०:२९

काठमाडाैं । धितोपत्र वोर्डले प्रभु लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बिहिबार बोर्डले इन्स्योरेन्सलाई आईपिओ निष्काशन गर्न अनुमति दिएको हो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते बोर्डमा आवेदन गरेको थियो । कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई रहेको छ ।

प्रतिक्रिया