बुधबार, वैशाख १२, २०८१

छिमेक लघुवित्तको एक लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिन आग्रह

नेपालखोज २०७७ कार्तिक ५ गते १३:४७

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । उक्त शेयर लघुवित्तका संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न निवेदन दिएको हो ।

कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिने भएको छ । संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलनको लागि आग्रह गरेका छन् । उक्त संकलन कागजात संस्थाको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौँमा निवेदन दिन जानकारी दिएको छ ।

संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद गर्न निवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण व्यक्तिलाई बिक्री गर्ने प्रकृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया