शुक्रबार, वैशाख १४, २०८१

१८ वटा फाइनान्सले नौ महिनामा कमाए एक अर्ब ८२ करोड

नेपालखोज २०७८ वैशाख २२ गते १४:३८


काठमाडाैं । सञ्चालनमा रहेका १८ वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको पछिल्लो नौ महिनाको अवधिमा एक अर्ब ८२ करोड ५३ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका २० वटा फाईनान्स कम्पनीहरु मध्ये हालसम्म १८ वटाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा चैत मसान्तसम्ममा उक्त नाफा आर्जन गरेको देखिएको हो ।

फाईनान्स कम्पनीहरुले आर्जन, गरेको यो नाफा गत आवको सोही अवधिको तुुलनामा झण्डै ६० करोड ९९ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा १८ वटा फाईनान्स कम्पनीहरुले कुल एक अर्ब २१ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासिक अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा मञ्जुश्री फाईनान्स अगाडि देखिएको छ । उक्त फाईनान्सले ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने मञ्जुश्रीको यस्तो नाफा १९ करोड ३२ लाख २८ हजार रुपैयाँ रहेको थियो । खुद मुनाफा आर्जनमा दोस्रो स्थानमा परेको गोर्खाज फाईनान्सले भने चालु आवको पछिल्लो त्रैमासमा २७ करोड ३७ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा गोर्खाजको यस्तो नाफा सात करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको थियो । आईसीएफसी फाईनान्सले भने पछिल्लो अवधिमा १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त फाईनान्सको यस्तो नाफा १० करोड ७३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

यसैगरी गुुडविल फाईनान्सले पनि चालुु आवको पछिल्लो अवधिमा १५ करोड ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा गुुडविलको यस्तो नाफा ११ करोड आठ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

अपरिष्कृत बित्तीय बिवरण अनुसार पोखरा फाईनान्स, सिर्जना फाईनान्स र ललितपुर फाईनान्सको चालुु आवको तेस्रो त्रैमासिक नाफा भने १० करोड रुपैयाँको हाराहारीमा रहेको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी, बेष्ट फाईनान्स, गुुह्श्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी र सेन्ट्रल फाईनान्सको चालुु आवको तेस्रो त्रैमासिक नाफा भने सात करोड रुपैयाँको हाराहारीमा रहेको छ ।

अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गर्ने फाईनान्स कम्पनीहरु मध्ये प्रोग्रेसिभ फाईनान्सले चालुु आवको पछिल्लो अवधिमा तीन करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाएको छ भने जानकी फाईनान्सले एक करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाएको छ ।

यि बाहेकका समृद्धि फाईनान्स, नेपाल फाईनान्स र मल्टीपर्पस फाईनान्सको चालुु आवको तेस्रो त्रैमासिक नाफा भने ३० लाख ५४ लाख रुपैयाँको हाराहारीमा रहेको छ ।

यि फाईनान्सहरुले कमाएको यो नाफा हालसम्म चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गर्ने फाईनान्स कम्पनीहरु मध्येमा सबैभन्दा कमजोर हो ।


फाईनान्स कम्पनीहरुले चालु आवको तेस्रो त्रैमासमा कमाएको खुद मुनाफा (रकम हजारमा)

१ मञ्जुुश्री फाईनान्स ३७५१६६ १९३२२८
२ गोर्खाज फाईनान्स २७३७५२.२० ७४६५८.००
३ आईसीएफसी फाईनान्स १७७९५०.६२ १०७३७०.१२
४ गुडविल फाईनान्स १५००९२.५८ ११०८५४.२६
५ पोखरा फाईनान्स १०८४०४.०३ ८७८८५.५२
६ सिर्जना फाईनान्स १०४९६७.२९ ६७४६२.२१
७ ललितपुर फाईनान्स १०६८२४.९७ २७४८५.१२
८ युनाईटेड फाईनान्स ८१६५९.५७ ७१६९२.५२
९ रिलायन्स फाईनान्स ८६८३४ ६३२४१
१० श्री इन्भेष्टमेन्ट फाईनान्स ७९२८३.५८ ९३९२७.६९
११ बेष्ट फाईनान्स ७११९०.९२ ६०६६२.६५
१२ गुह्ेश्वरी मर्चेन्ट फाईनान्स ७५८८७ ५२०६८
१३ सेन्ट्रल फाईनान्स ७०६८४.८५ ६९०९३.४८
१४ प्रोग्रेसिभ फाईनान्स ३५९७२.०७ (२००१.१६)
१५ जानकी फाईनान्स १४७५६.५० ४७२०३.०८
१६ समृद्धि फाईनान्स ५४०२ २४८७२
१७ नेपाल फाईनान्स ३५०० ३१२३३
१८ मल्टीपर्पस फाईनान्स ३०५३.८७ ३५०४.५५
(श्रोत सम्वन्धीत फाईनान्सको चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण)

प्रतिक्रिया