शुक्रबार, वैशाख १४, २०८१

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूत पार्कबिच भेट

नेपालखोज २०७७ कार्तिक ५ गते २०:२५

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत महामहिम पार्क छोङ-सुकबीच शिष्टचार भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा, अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत छोङ(सुकलाई नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । ’नेपाल र दक्षीण कोरियाबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ,’ उनल भने, दक्षिण कोरियाली राष्ट्रपतिको नेपाल भ्रमणलाई स्मरण गर्दै ’नेपाल र दक्षिण कोरियाका बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देश बीच हुने उच्चस्तरीय भ्रमणले थप सहयोग पुर्याबउने र यस कार्यमा यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु ।

गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको दक्षीण कोरियाबीचको हवाई उडानमा आगामी दिनहरुमा दुवै देशका ध्वजावाहाक जहाजहरु उडाउनु पर्नेमा जोड दिए ।
दक्षिण कोरियाबाट धार्मिक र सहिष्णुताका लागि विश्वमै प्रख्यात भएको नेपाल भ्रमणमा आउने पर्यटकहरु गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी, तराई तथा हिमालमा रमाउन सक्ने बताए ।

नेपाल र कोरियाबीचको व्यापारमा नेपालले व्यापार घाटा कम गराउन हस्तकला र जडिबुटि निर्यातमा जोड दिनुपर्ने कुरा बताउँदै अध्यक्ष तिमिल्सिनाले कोरियाली नागरिकहरुलाई उत्प्रेरित गर्न महामहिमको कार्यकालमा महत्वपूर्ण भुमिका रहने कुरामा विश्वास व्यक्त गरे । भेटमा अध्यक्ष कोरियाली नागरिकलाई नेपालको कृषि, पर्यटन तथा उर्जा क्षेत्रमा लगानी गर्नका लागि आह्वानगर्दै यसमा महामहिमको ठूलो भुमिका रहनेछ भन्ने कुरा व्यक्त गरे ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा फैलिरहेको र नियन्त्रणको प्रयत्न नेपाल सरकारले गरिरहेको अवस्थामा कोरियन सरकारबाट समेत सहयोग प्राप्त भएकोमा नेपाली जनता र संघीय संसदको तर्फबाट धन्यवाद ज्ञापन गर्दै छिटैनै यो महामारी रोकिने आशा व्यक्त गरे ।

प्रतिक्रिया