शुक्रबार, चैत १६, २०८०

बैंक अफ काठमाडौद्वारा डिजिटल दक्षिणा योजना सार्वजनिक

नेपालखोज २०७७ कार्तिक ५ गते २०:५८

काठमाडौं । नेपालीहरुको आउदै गरेको महान चाड बडादशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडादशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गर्दे बैंकले यस्तो उपहार योजना सार्वजनिक गरेको हो । बडादशंैमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो । ब्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंकले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तिन पटक भिन्न-भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा एक हजार रुपैयाँ वा सो भन्दा बढि भएमा तीन सय रुपैयाँ नगद उपहारका लागि ग्राहकहरु योग्य हुनेछन् ।

जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरुलाई दक्षिणा दिदा बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन समेत बैंकले अनुरोध गरेको छ ।

यसको लागि ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा तीन पटक रकमान्तर गर्नुपर्ने, ग्राहकहरुले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ति फरक-फरक हुनुपर्ने, उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरुले तीन कारोबार गर्दा एक हजार रुपैयाँ वा सो भन्दा बढी हुनुपर्ने, ग्राहकहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोन पेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, ग्राहहरुले दक्षिणा कारोबारको विबरणमा दक्षिणा राख्नुु पर्ने र यो योजनामा सहभागी हुन ग्राहकहरुले नेपालीहरुको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने सर्तहरु तोकिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया