बुधबार, वैशाख १२, २०८१

बित्तीय बिवरण सार्वजनिक गर्न कार्तिक मसान्तसम्मको समयसिमा

नेपालखोज २०७७ कार्तिक ५ गते २१:१९

काठमाडौ । बैंक तथा फाईनान्स कम्पनीले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गर्नको लागि कात्र्तिक मसान्तसम्मको समयसिमा पाएका छन ।

नेपाल राष्ट्र बैंकले आज बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु समेतको नाउँमा सुचना जारी गर्दे चालुु आर्थिक बर्षको पहिलो त्रैमासको हकमा यही कात्र्तिक मसान्तसम्मा अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गरिसक्नुु पर्ने नयाँ समयसिमा तोकेको हो ।

एकीकृत निर्देशन २०७७ अनुसार हरेक त्रैमासमा त्रैमास सकिएको १५ दिन भित्रमा अन्तरिम बित्तीय प्रतिवेदन तोकिएको ढाँचामा सार्वजनिक गरिसक्नुु पर्ने व्यवस्था रहेको थियो । तर यो बर्ष भने बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) र यही बिचमा चाड पर्व परेकाले पनि राष्ट्र बैंकले बित्तीय बिवरण सार्वजनिक गर्नको लागि केही थप समय दिएको हो ।

प्रतिक्रिया