शुक्रबार, वैशाख १४, २०८१

सवारी दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु

नेपालखोज २०७७ कार्तिक ६ गते १४:०८

काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शान्तिनगरस्थित सडकमा प्रदेश ३/०२/०१३ प ६५०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे घर भएका हाल गोलढुङ्गा बस्ने २० वर्षीया सुजु पुतुवारको बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी ललितपुर जिल्लाको ललितपुर महानगउरपालिका ८ बालकुमारीस्थित हाल नम्बर नखुलेको बोलेरो गाडीले बिहीबार बिहान पैदलयात्रीहरुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने भाईलाल महर्जनलाई उपचारको लागि सोही अस्पतालमा पठाइएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया