शुक्रबार, चैत १६, २०८०

गण्डकी प्रदेशमा ८४ सङ्क्रमित थपिए

नेपालखोज २०७७ कार्तिक ६ गते २०:५९

कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार २६७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण ता रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रीय सङ्क्रमित दुई हजार ४५० जना पुगेका छन् । हालसम्म तीन हजार ७५८ जना निको भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया