शनिबार, वैशाख १५, २०८१

भारतीय गायिका नेहा भोली विवाह बन्धनमा बाँधिदै

नेपालखोज २०७७ कार्तिक ७ गते ८:५९

एजेन्सी । भारतीय चर्चित गायक गायिका माध्ये एक नाम हो नेहा कक्कर । नेहा आफ्नो गायिकी कलाका कारण विश्वमै प्रख्यात छिन् ।

उनका गीतलाई बच्चादेखि बुढासम्मले उत्तिकै रुचाउँछन् । तिनै गायिकाको विहेको खबरले यतिबेला निकै चर्चा पाइरहेको छ । नेहा आफ्ना प्रेमी रोहन प्रीतसँग भोलि २४ अक्टोबरमा विवाह गर्दैछिन् । उनको विहेको सम्पूर्ण तयारी पूरा भइसकेको खबर छ। विवाहको लागि उनको परिवार मुम्बईबाट दिल्ली पुगेको छ।

दिदी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहा दिल्ली पुगेकी हुन्। यात्राको क्रममा उनीहरूले निकै रमाइलो गरेका भिडियोहरु सार्वजनिक गरेका थिए। फ्लाइटको तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, फ्लाइटको तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, ‘जाउँ नेहू-प्रीतको विवाहमा।’ उक्त स्टाटसमा रोहनको कमेन्ट छ, ‘विवाहको रमझम सुरू भयो।’

यसअघि उनीहरूले औंठी साटासाट गरेका थिए। २० अक्टोबरमा नेहा र रोहनले मुम्बईमै धुमधामका साथ मेहन्दी समेत लगाएका थिए।

यसअघि नेहाले चर्चित गायक उदितनारायण झाका छोरा आदित्यसँग विवाह गर्ने चर्चा चलेको थियो। तर, उनले आफ्नो प्रेमीको रूपमा रोहनलाई सार्वजनिक गरेपछि धेरैलाई सरप्राइज नै भएको छ ।

प्रतिक्रिया