शुक्रबार, मंसिर २८, २०८१

विश्वका सबैभन्दा महँगा हरर चलचित्र

नेपालखोज २०८१ कार्तिक १७ गते १९:००

के तपाईलाई थाहा छ संसारमा सबैभन्दा धेरै पैसा लगाएर तयार पारिएको फिल्म कुन हो ? त्यो पनि हरर । आउनुहोस् हामी तपाईंलाई संसारका सबैभन्दा महँगा दश हरर फिल्म सँग परिचित गराउँछौं, जसलाई हेरेपछि तपाईंको मन काँप्नेछ भने त्यसको बजेट सुनेर तपाइको होश नै उडनसक्छ ।

यी मध्ये कतिपय चलचित्रले राम्रो व्यापार गरेका छन् भने कतिपय चलचित्र डुबेका पनि छन् । जे होस यो सुचिमा त्यस्ता चलचित्रहरू समावेश छन् जसलाई बनाउन निर्माताहरूले करोडौं रुपैयाँ लगानी गरेका थिए ।

वर्ल्ड वार जेड (२०१३)

पहिलो नम्बरमा ब्रेट पिटको वर्ल्ड वार जेड छ जसको निर्माणमा निर्माताहरूले २५५० करोड भन्दा बढि लगानी गरेका थिए । यो फिल्मले निर्माताहरूलाई निराश गरेन र यसले बक्स अफिसमा ५४० मिलियन डलर कलेक्सन गरेर ठूलो नाफा कमायो ।

भ्यान हेल्सिङ (२००४)

दोस्रो नम्बरमा भ्यान हेलसिङ छ जुन एक्शन हरर फिल्म हो । यसलाई बनाउन निर्माताले ५ सय ५० करोड रुपैयाँ जति लगानी गरेका थिए । सन् २००४ मा रिलिज भएको यो फिल्मले विश्वभर ३० करोड डलर कमाएको थियो ।

द वुल्फम्यान (२०१०)

हरर फिल्म द वुल्फम्यान २०१० मा रिलीज भएको थियो र यो जोनस्टन द्वारा निर्मित थियो। यसलाई बनाउन निर्माताले २ हजार करोड रुपैयाँ जति खर्च गरेका थिए ।

आई एम लीजेन्ड (२००७)

आई एम लीजेन्ड एउटा राम्रो कथामा बनेको चलचित्र हो जसले २००७ मा ५८ . ५ करोड डलर संकलन गरेको थियो । जबकि निर्माताले यसलाई बनाउन १५ करोड डलर खर्च गरेका थिए । फिल्मको कथा वैज्ञानिक रोबर्ट नेभिलको वरिपरि घुम्छ जो शहरलाई रोगबाट बचाउन लड्छन् ।

प्रोमेथियस (२०१२)

प्रोमेथियस एउटा शानदार फिल्म हो जसले बक्स अफिसमा ४०३ मिलियन डलर कलेक्सन गर्यो। यो फिल्म एलियनको सिक्वेल थियो, जहाँ मानव जाति र ब्रह्माण्डको उत्पत्तिको अन्वेषणमा कसैले कल्पना नगरेको कुरा भेटियो । यो फिल्ममा यस्ता डरलाग्दो मोडहरु आउँछन् कि दर्शकको सास नै बन्द हुन्छ । यो फिल्म बनाउन १३ करोड डलर खर्च भएको थियो ।

व्हाट लाईज बिनीथ (२०००)

व्हाट लाईज बिनीथ एउटा डरलाग्दो फिल्म हो जुन २१ जुलाई २००० मा रिलीज भएको थियो । यसमा बेपत्ता बालिकाको कथा देखाइएको छ । यो फिल्म बनाउन १० करोड डलर खर्च भएको थियो ।

डे शिफ्ट (२०२२)

डे शिफ्ट जेजे पेरीद्वारा निर्देशित २०२२ को अमेरिकी एक्शन कमेडी हरर फिल्म हो। यो फिल्मको बजेट १० करोड डलर बताइएको छ ।

इन्ड अफ डेज (१९९९)

१०० मिलियन डलरमा बनेको एन्ड अफ डेज, पिटरद्वारा निर्देशित अमेरिकी हरर फिल्म हो । यो फिल्मको कथा नयाँ वर्षको पार्टीमा शैतानले गरेको विनाशसँग जोडिएको छ ।

एलियन : कोभेन्टेट

फिल्म एलियन : कोभेन्टेट सन् २००७ मा रिलिज भएको थियो यो एउटा साइन्स फिक्शन फिल्म हो जसको समयावधि २ घण्टा २ मिनेट छ । यसलाई बनाउन निर्माताले १ करोड ५८ लाख रुपैयाँ लगानी गरेका थिए ।

होलो म्यान

सन् २००० मा रिलिज भएको होलो म्यानले बक्स अफिसमा १९ करोड डलर कमाएको थियो। यो फिल्मको कथा सिरमको निर्माणसँग सम्बन्धित छ जसको प्रयोगले मानिसको अवस्था बिग्रन्छ । यसको बजेट ९५ मिलियन डलर थियो।

प्रतिक्रिया