शुक्रबार, वैशाख १४, २०८१

सिटिजन्स बैंकको नाफा ४७.६६% ले वृद्धि

नेपालखोज २०७७ कार्तिक ७ गते ९:२१

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमाभन्दा ४७.६६% ले बढी हो ।

अघिल्लो वर्ष यसैअवधिमा बैंकले ३४ करोड ९१ लख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ९२ लाख ९४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेकोे हो ।

यसअवधिका खुद ब्याज आम्दानी १८.४७% ले बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ७० करोड ८३ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यता, बैंकको सञ्चालन नाफा भने ४९.८४% ले बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४८ करोड ९२ लाख १३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खराब कर्जा ०.९८% बाट बढेर १.४३% पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा छ । असोज मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ छ ।

प्रतिक्रिया