आइतबार, जेठ ६, २०८१

प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोज्यो : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ माघ २३ गते १४:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड–नेपाल समूहले मांशाहारी आन्दोलनका नाममा नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका हुन् ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ । नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दाबी छ । सभामा मानिसहरु धेरै हुँदा ठाउँ नपुगेको उनको भनाइ छ ।

यता गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तेस्रो जनआन्दोलन सुरु भएको बताएका थिए ।

यो पनि

तेस्रो जनआन्दोलन सुरु भयो : गृहमन्त्री बादल


प्रतिक्रिया