आइतबार, पुष ६, २०८२

नेपाली बजारमा प्याजमा मूल्य फेरी बढ्यो

नेपालखोज २०७७ कार्तिक ७ गते १४:३८

काठमाडौं । व्यापारीहरुले दशैंको मुखमा फेरी प्याजको मूल्य बढाउन थालेका छन् । यसअघि भारतले भदौ २९ गतेदेखि प्याजको निकासीमा प्रतिबन्ध लगाउँदा पनि व्यापारीहरुले प्याजको मूल्य बढाएका थिए ।

त्यसबेला खुद्रा पसलमा प्याजको भाउ प्रतिकिलो २४० रुपैयाँसम्म पुगेको उपभोक्ताहरुको भनाइ छ । तर, त्यसयता केही समय मूल्य घटेर प्रतिकिलो १०० को हाराहारीमा आए पनि अहिले चाडपर्वको समयमा फेरी उकालो लाग्न लागेको हो ।

व्यापारीहरुले अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पु¥याएका छन् ।  

प्रतिक्रिया