बिहीबार, चैत १५, २०८०

“बाँचुञ्जेल राम्रो काम गर्नु नै सफल जीवन हो”

नेपालखोज २०७७ कार्तिक ७ गते २०:१२

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मान्छेले बाँचुञ्जेल जति राम्रो काम गर्छ त्यति नै उसको जीवन सफल हुने बताएका छन् ।

भैरहवामा दशकौदेखि चिकित्सा सेवा दिँदै आएका डा. निशाकिरण बस्यालको निधनको आठौँ दिन नेकपा रुपन्देही क्षेत्र नम्बर ३ को संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य भुसालले डा. बस्यालले आफ्नो जीवनकालमा दुःखीगरीबका सेवामा दिएको समय स्मरणीय रहने बताएका छन् ।

उनि र उनका श्रीमान् डा. रामप्रसाद बस्यालले रुपन्देहीका दुःखीगरीबको उपचारमा पुर्‍याएको योगदान अतुलनीय रहेको र त्यसको राज्यले कदर गरिरहने उनले स्पष्ट गरेका छन् । मन्त्री भुसाल आजै काठमाडौँबाट भैरहवा आएको नेकपा क्षेत्रीय संयोजक हितराज पन्थीले जानकारी दिए ।

प्रतिक्रिया