मंगलबार, वैशाख १८, २०८१

अमेरिकाद्वारा युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार

नेपालखोज २०७८ माघ १३ गते ७:३५

काठमाडाैं । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरिदिएको छ । रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरेका हुन् ।

उनले वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने बताए ।एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि ‘गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने’ प्रस्ताव राखेका छन् र रुसले त्यसैलाई रोज्नुपर्नेमा जोड दिएका छन् ।

एकजना रुसी मन्त्रीले चाहिँ नेटोसँगको समन्वयमा आएको ब्लिङ्केनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताएका छन् । यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको विस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो ।

त्यसमध्ये युक्रेन र अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरिएको थियो । हालैका साताहरूमा रुसले युक्रेनको सीमा क्षेत्रमा हातहतियारसहित ठूलो सङ्ख्यामा सेनाहरू तैनाथ गरेको छ । त्यसलाई पश्चिमा देशहरूले रुसले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमलाका रूपमा अर्थ्याएका छन् । तर रुसले त्यसलाई अस्वीकार गर्दै आएको छ । बीबीसी

प्रतिक्रिया