शुक्रबार, वैशाख १४, २०८१

कैलालीमा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाही

नेपालखोज २०७७ कार्तिक ८ गते ७:३६

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दसैं-तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ ।

दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका चार गरी नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए ।

जसमा कैलालीका प्रशोधित पानी उद्योगहरु कैलाली वाटर इन्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एन्ड बेभरेज इन्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एन्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेष्ट उद्योग लगायत रहेका जनाइएको छ ।

प्रतिक्रिया