बिहीबार, वैशाख १३, २०८१

युरोपेली संघअन्तर्गतका मुलुकका ८० प्रतिशत बढी प्राकृतिक वासस्थान खराब अवस्थामा

नेपालखोज २०७७ कार्तिक ८ गते ७:४४

एजेन्सी । युरोपेली संघअन्तर्गतका मुलुकका ८० प्रतिशतभन्दा बढी प्राकृतिक वासस्थान खराब अवस्थामा रहेको सार्वजनिक भएको हो ।

यी वासस्थानको सुरक्षाका लागि भइरहेका काममा अझै पहल गर्नुपर्ने युरोपेली वातावरण संरक्षण निकाय (इइए) द्वारा सार्वजनिक अध्ययन प्रतिवेदनले सुझाब दिएको छ ।

सन् २०१३र२०१८ सम्मको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इइएले सन् २००७र२०१२ सम्म ७७ प्रतिशत प्राकृतिक वासस्थान प्रतिकूल अवस्थामा थिए । साधारण खेत र ओसिलो जमिनमा बसोवास गर्ने खासगरी स्काइर लार्कजस्ता दुर्लभ पक्षीजन्य प्रजाति प्रतिकूल वासस्थानका कारण युरोप महाद्वीपमा घटिरहेको प्रतिवेदनमा उल्लेख छ ।

युरोपमा वासस्थान वा त्यहाँ बस्ने प्रजातिले सघन कृषि, सहरी विकास, पर्यटन र मनोरञ्जन केन्द्र र संरक्षित वन गतिविधि र प्रदूषणजस्ता कैयौँ दबाबको सामना गरिरहेको अध्ययनले देखाएको छ । यसका साथै मौसम परिवर्तन, खडेरी र घट्दो वर्षासँगै थप चुनौती खडा भएका छन् ।

प्रतिक्रिया