शनिबार, वैशाख १५, २०८१

आईपीएल २०२० : आज दुई खेल हुँदै, पहिलोमा कोलकाता र दिल्ली भिड्दै

नेपालखोज २०७७ कार्तिक ८ गते १४:४२

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्दैछन् ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली चौथो स्थानमा रहेको कोलकातालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । यस खेलमा दिल्लीले कोलकातालाई पराजित गरे दिल्ली प्लेअफमा पुग्ने सम्भावना लगभग पक्काजस्तै हुनेछ ।

त्यस्तै आजै हुने अर्को खेलमा किंग्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबादबीच हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा पन्जाब र हैदराबादका लागि जित्नै पर्ने दबाब छ ।

प्लेअफमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोली गर या मरको अवस्थामा छन् । समान १० खेल खेलेको हैदराबाद र पन्जाबको समान ८ अंक छ । समान अंक भए पनि हैदराबाद रन रेटका आधारमा पन्जाबभन्दा एक स्थान माथि छ ।

प्रतिक्रिया