छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
मोरङको बेलबारी नगरपालिका–४ बेतनास्थित सडकमा को.१ ज ३३९९ नम्बरको म्याजिक भ्यानको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ६५ वर्षीय लक्षुराम राईको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका १ जना पैदलयात्रीलाई थप उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । म्याजिक भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटस्थित सडकमा सुदूरपश्चिम प्रदेश.१–००१ ज १३८५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा गाडीमा सवार रेसुङ्गा नगरपालिका–८ चापाटोल बस्ने ४५ वर्षीय रविन कुमार श्रीसको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार ५ जना मध्ये ३ जनालाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा र २ जनाको बुटवल प्रालि अस्पताल बुटवल रिफर गरिएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–५ तिनाउ पुलस्थित सडकमा लु.३ च २४८० नम्बरको बोलेरो जिप अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक स्याङ्जा घर भई रूपन्देही बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ३२ वर्षीय हरी न्यौपाने, जिपमा सवार ७१ वर्षीय तिलक राम खनाल र ६७ वर्षीया गोरी खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
बागलुङको गलकोट नगरपालिका–३ भैसेको पुलस्थित सडकमा ध.१ त १९२ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक गुल्मी मुसीकोट बस्ने २४ वर्षीय टेक बहादुर विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने दुखिलाल माझीको छोरा ३ वर्षीय आयुष माझीको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रामेछापको खाडाँदेवी गाउँपालिका–६ माकादुमस्थित सडकमा गाल्पाबाट गोगनपानीतर्फ आउँदै गरेको ना.६ त ७८२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक रामेछाप नगरपालिका–५ बस्ने ३७ वर्षीय खिल बहादुर भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मन्थलीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया