शुक्रबार, चैत १६, २०८०

कुमारी बैंकका तीन नयाँ शाखाहरू विस्तार

नेपालखोज २०७७ कार्तिक ८ गते १९:२६

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडाैं उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ ।

यी मध्ये सुदूरपश्चिम प्रदेशको बझाङ्गस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कल हुन् । नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

विगत २० वर्षदेखि आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिंग इकाईहरुमार्फत अत्याधुनिक बैंकिंग सेवादिदै आएको कुमारी बैंकको निक्षेप एक खर्ब २२ अर्ब र कर्जा लगानी एक खर्ब १५ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया