बिहीबार, वैशाख १३, २०८१

दशैंमा प्रमोद महतले ल्याए ‘ए कान्छी’

नेपालखोज २०७७ कार्तिक ८ गते २१:४१

काठमाडौं । दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विजया दशमीका अवसरमा नवगायक प्रमोद महतले ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतको शब्द गायक महत र सुजल खुलालले मिलेर तयार गरेका हुन् ।

त्यस्तै, पुस्कर सुनुवारले संगीत भरेका छन् । किम्भे प्रडक्सनमार्फत सार्वजनिक भएको यस गीतको भिडियोलाई सविन अधिकारीले निर्देशन गरेका हुन् ।

जुनुु विकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ, नरेन्द्र महर्जन , करण खतिवडा र सोमुु गुरुङले अभिनय गरेका छन् । सौर्यल थापाको प्रस्तुती रहेको गीतको भिडियो सम्पादन तारा थापा ‘किम्भे’ र निर्माण धनन्जय महतले गरेका हुन् ।

प्रतिक्रिया