आइतबार, जेठ ६, २०८१

अनि देउराली रुन्छ

सुनिल उलक २०८० जेठ २८ गते ९:३९

काठमाडौं । २०२९ असोज २० गते दार्जिलिङको गोर्खा दुख निवारक सम्मेलन भवनमा पहिलो प्रदर्शन भएको नाटक अनि देउराली रुन्छू यति बिघ्न सबैले रुचाउने छ भन्ने लेखक तथा निर्देशक मनबहादुर मुखियाले अनुमान पनि गरेका थिएनन् ।

असोज २८ गतेसम्म हाउसफूलका साथ नाटक चलेपछि मनबहादुर मात्रै होइन संगीतकार कर्म योञ्जन, गायक बद्री दुर्गा खरेल तथा कलाकारको चर्चा दार्जिलिङका गल्ली गल्लीमा हुन थाल्यो ।

दार्जिलिङमा हुर्किएका मनबहादुर मुखियाको जन्म दोलखाको बाबरेमा भएको थियो । २०२८ को पुस माघ तिर आफ्ना बुबासंग पुर्ख्यौली थलो दोलखा घुम्ने मौका पाए । दोलखा पुगेका मुखियालाई त्यहाँको जनजीवनले निकै प्रभाव पार्यो ।

केही दिनको दोलखा बसाइमा उनले आँखाले जुन ग्रामीण पीडा देखे, त्यसलाई कलमले उतारे र एउटा पूर्णांकी नाटक बन्यो । त्यो थियो अनि देउराली रुन्छू ।

दार्जिलिङमा निकै चलेको नाटक अनि देउराली रुन्छ काठमाडौं पनि पुग्यो । २०३२ मा काठमाडौंमा यो नाटक निकै चल्यो । करिव दुई हप्ताको सफल प्रदर्शन पछि २० जनाको नाट्य समूह दार्जिलिङ फर्कियो ।

आफूले लेखेको नाटक बिदेशमा प्रदर्शन गर्ने तैयारी गरिरहँदा आफूले पढाउने किद्यालयका प्रधानाध्यापकले छुट्टी मिलाइ नदिएपछि रिसले बिद्यालय मात्रै छोडेनन् । दार्जिलिङ नै छोडेर २०३५ माघ २८ मा नेपाल आए, र मुखिया यतै अल्झिए ।

२०१९ सालतिर जिरिखिम्टेको दुर्दशा एकांकीबाट नाट्य क्षेत्रमा लम्किएका मुखियाले वियोग, सुस्केरा, त्रिकोण, अहनिंश, कवि सम्मेलन, अध्यारामा बाँच्नेहरु, चिडियाखाना तथा निराकार भित्रको धमिलो आकार गरि आठवटा एकांकी लेखे ।

२०२९ मा यसको पहिलो प्रदर्शन भयो । यसरी यो नाटक लेखेपछि नाट्यलेखनमा विशिष्ट बन्न पुगे । २०३१ मा लेखिएको ‘फेरि इतिहास दोहोरिन्छू तथा ‘ असंत्यम अशिवं असुन्दरमूले अझै शिखरमा पुर्याएको थियो । यस पछि २०३२ मा क्रसमा टाँगिएको जिन्दगीू लेखन पछि उनको नाट्य लेखनले केही विश्राम लियो । नेपाल आइसके पछि हराएका क्षितिजहरुू मञ्चन भएको थियो ।

२०३२ सालमा नाटक मञ्चनका लागि सबै सुविधा सहित पोखरामा डाँफे कला मन्दिरको शुभारम्भ क्याप्टेन मिनबहादुर गुरुङले गरिसकेका थिए । मातृभूमिको ब्यथा नाटक मञ्चन गरेर पुरस्कार समेत थापिसकेका थिए ।

यस्तैमा काठमाडौंमा अपार सफल भएको नाटक अनि देउराली रुन्छूलाई डाँफेकला मन्दिरमा देखाउने तैयारी गरे । करिव २० जनाको समूह पोखरा आयो र नाटक प्रदर्शन गर्यो । करिव एक हप्ता चलेको नाटक हेर्न म पनि पुगेको थिएँ ।

यस नाटकको समापनको भोलिपल्ट पोखरेली युवा सांस्कृतिक परिवारले नाटक टोलीका सदस्यहरुलाई पृथ्वीनारायण कलेजको विज्ञान भवनको प्राङ्गणमा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

त्यस सम्मान कार्यक्रममा दार्जिलिङका नाट्य कलाकार समुहका साथ पो.यु.सा. आबद्ध पोखरेली र तत्कालीन समयमा पृथ्वीनारायण कलेजका बिद्यार्थीहरुले सामुहिक तस्विर लिएको थियो ।

प्रतिक्रिया