शुक्रबार, चैत १६, २०८०

अफगानिस्तानमा आत्मघाती हमला हुँदा १८ विद्यार्थीको मृत्यु

नेपालखोज २०७७ कार्तिक ९ गते ७:३५

एजेन्सी । अफगानिस्तानमा एक शिक्षण संस्थामा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार यो धमाका उच्च शिक्षाका कोर्सहरु सञ्चालन गर्ने एउटा निजी शिक्षण संस्था बाहिर भएको थियो।

कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ। कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान छ। इस्लामिक स्टेट समूहले सोसल मिडियामार्फत हमलाको जिम्मेवारी लिएको छ। तालिबानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता तारिक एरियनका अनुसार हमलाकारीले भवनभित्रै विस्फोट गराउन खोजेका थिए तर सुरक्षाकर्मीले रोकेपछि गेटमै विस्फोट भएको हो। एक स्थानीयका अनुसार मृत्यु हुने अधिकांश भवनभित्र प्रवेश गर्न लागेका विद्यार्थीहरु छन्। यसअघि अगस्ट २०१८ मा भएको हमलामा ४८ जना मारिएका थिए, जसमा धेरैजसो विद्यार्थी नै थिए।

प्रतिक्रिया