शनिबार, वैशाख १५, २०८१

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ८ हजार नाघ्यो

नेपालखोज २०७७ कार्तिक ९ गते १७:००

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणपछि निको भएर थप ३३ सय ३६ जनाले घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३३ सय ३६ जना निको भएसँगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना आइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

आज संक्रमित थपिनेमा १ हजार ७८९ जना पुरुष र १ हजार ६७ जना महिला रहेका छन्।
आज देशभर २७७ जना आइसियु र ६६ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा २६ आइसियु र १० जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश २ मा १० जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा १७६ जना आइसियु र ४५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसिय् र ८ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यसैगरी, कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया