शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिबाट टीका

नेपालखोज २०७७ कार्तिक १० गते १६:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। 

प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको माला पनि लगाइदिएकी थिइन्।

कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने रद्द भइसकेको छ।

प्रतिक्रिया