मंगलबार, वैशाख ३०, २०८२

अछाममा नदीमा डुबेर किशोरीको मृत्यु

नेपालखोज २०७७ कार्तिक १० गते १९:२५

अछाम । अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको छ ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

आज बिहान दशैंको टीका लगाउनु अघि नुहाउन गएकी किशोरी नदीको भंगालोमा परी बेपत्ता भएकी र पछि शव भेटिएको उनले बताए ।

किशोरीको शव मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्र चित्रे नजिकै भेटिएको हो ।

प्रतिक्रिया