हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण
नेपालखोज
२०७७ कार्तिक ११ गते ७:५९
काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आएपनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उनले बताएका छन् ।
बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ ।
उनले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताएका छन् ।
सम्बन्धित








प्रतिक्रिया