शनिबार, वैशाख १५, २०८१

अझै सबै स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार हुन सकेन

नेपालखोज २०७७ कार्तिक ११ गते १०:५०

काठमाडौं । मुलुकभरका ७५३ ओटै स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने योजना अझै कार्यान्वयनमा आउन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले विसं २०७५ असार मसान्तभित्र नै सबै स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य लिएको थियो । त्यसका लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्थानीयतह तोकेर नै शाखा विस्तार गर्न निर्देशन दिएको थियो । तर, तोकिएको म्याद सकिएको दुई वर्ष वितिसक्दा पनि सबै स्थानीयतहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् ।

गत भदौसम्मको तथ्यांक अनुसार बैंकहरुका ७४७ ओटा शाखा स्थानीयतहमा पुगेको छ । जसअनुसार अब छ ओटा स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको छ ।
यस्तै, मुलुकभर वाणिज्य बैंकहरुको कुल शाखा भने ४ हजार ५०५ ओटा रहेको छ ।  

प्रतिक्रिया