शुक्रबार, वैशाख ७, २०८१

चितवनमा दुई कोरोना सङ्क्रमितको मृत्यु

नेपालखोज २०७७ कार्तिक ११ गते १८:५०

चितवन । चितवनमा थप दुई कोरोना (कोभिड-१९) सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनि अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए । उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए ।

यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रागको उपचार गराइरहेका थिए ।

प्रतिक्रिया