बिहीबार, वैशाख २०, २०८१

मान्यजनबाट बडादशैंको टीका ग्रहण गर्ने क्रम आज पनि जारी

नेपालखोज २०७७ कार्तिक १२ गते ८:३४

काठमाडौं । आज बडादशैंको तेस्रो दिन । आजपनि बिहानैदेखि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी छ। दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ।

परिवारजन तथा आफन्त कहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहनेछ। घटस्थापनाका दिन विधिपूर्वक दशैंघरमा टीका तथा जमरा स्थापना गरिन्छ। सोही टीका र प्रसाद मान्यजनको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।

ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दशैंमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ। दशैंले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ। यस वर्षको दशैंमा कोरोना महामारीको प्रभाव रहे पनि टीका तथा प्रसाद ग्रहण गर्ने क्रम भने जारी रहेको छ। प

ूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

प्रतिक्रिया