बिहीबार, चैत १५, २०८०

नेपालसहित आठ देशमा बालविवाह बढ्दै

नेपालखोज २०७७ कार्तिक १२ गते १२:४९

काठमाडौं । विश्व नै कोरोना भाइरसको महामारीसँग जुँधिरहेको समयमा नेपालसहित ८ देशमा बालविवाह बढेको एक अध्ययनले देखाएको छ । बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था भीएसओको तथ्याङ्कमा नेपालसहितका ८ मूलुकमा बालविवाह गर्नेको तथ्यांक बढेको देखिएको हो ।

१ सय ५२ जनामा अध्ययन गर्दा ११ जनाको बालविवाह भएको पाइएको संस्थाको भनाइ छ । संस्थाका आनन्द पौडेलका अनुसार कोरोना महामारीको समयमा विभिन्न किसिमका सामाजिक महामारी पनि फैलिएको छ ।

तराई तथा पश्चिमका केही पहाडी जिल्लामा भारतमा काम गर्ने परिवारका सदस्यले पठाएको रेमिट्यान्सले घर चलिरहेको छ । महामारीको यो अवस्थामा उनीहरुले रोजगारी गुमाउँदा आम्दानी ठप्प भएको छ र परिवारको सदस्य पाल्न कठिन हुन थालेपछि किशोरीहरुलाई विवाहका लागि दबाब दिने गरेको पौडेले बताए ।

बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले महामारीको समयमा विद्यालय जान नपाएका गरिब परिवारका बालबालिका अब स्कुल नफर्किने बताएका थिए । युनेस्कोका अनुसार महामारीका कारण विद्यालय बन्द भएपछि विश्वभर ७ करोड ४३ लाख किशोरीहरुलाई पुनः स्कुल फर्किन कठिनाइ छ । 

प्रतिक्रिया