शुक्रबार, वैशाख १४, २०८१

कोरोना अपडेट : २४ घण्टामा १९५४ जना संक्रमण पुष्टि

नेपालखोज २०७७ कार्तिक १२ गते १६:५२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९५४ कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५४ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ९८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख २१ हजार ८२४ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ८८९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । भने देशभर ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया