शुक्रबार, वैशाख १४, २०८१

अबदेखि मन्त्रालयको प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै

नेपालखोज २०७७ कार्तिक १२ गते १७:०८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ अबदेखि साताको दुई दिन मात्रै हुने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले आजको नियमित प्रेस ब्रिफिङका त्रक्रममा बोल्दै अबदेखि साताको दुई दिन मात्रै ब्रिफिङ हुने जानकारी दिएका हुन् ।

“नियमित प्रेस ब्रिफिङको तालिका परिवर्तन भएको छ । अब सातामा आइतबार र बुधबार साविककै समयमा प्रेस ब्रिफिङ हुनेछ भने अन्य दिन ४:३० बजे मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक र ट्विटरमार्फत तथ्यांक अपलोड गरिनेछ ।”

मन्त्रायले अबदेखि कोभिड सम्बन्धि जानकारी नियमित जानकारी मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक र ट्विटरमार्फत गराउने छ ।

प्रतिक्रिया