आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री भन्छन्- निषेधाज्ञा अझ कडा बनाउँछौं

नेपालखोज २०७८ वैशाख २० गते १६:२७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताएका हुन् ।

उनले निषेधाज्ञाको पालना गरिदिन पनि सबैमा आग्रह गरेका छन् । स्वास्थ्य मापदण्डकाे पालना गरेर र सावधानी अपनाए र नै महामारीविरुद्ध लड्न सकिने उनकाे भनाइ छ ।

काेराेना सङ्क्रमणकाे पहिलाे लहरमा अपनाइएकाे सावधानीका कारण महामारी फैलिन नपाएकाे र अहिले दाेस्राे लहरमा पनि त्यस्तै सावधानी अपनाउन पर्ने उनले बताएका छन् । 

प्रतिक्रिया