बिहीबार, वैशाख १३, २०८१

नबिल बैंक एडीबीको “नेपालमा अग्रणी पार्टनर बैंक”अवार्डबाट सम्मानित

नेपालखोज २०७७ कार्तिक १३ गते ८:३७

काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले नेपालको अग्रणी पार्टनर बैंककोरूपमा मान्यता दिइएको छ ।

एशियाली विकास बैंकको चेन फाईनान्स प्रोग्रामद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ । एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा चेन फाईनान्स प्रोग्रामद्वारासंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया