शुक्रबार, वैशाख १४, २०८१

पत्रकार रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण

नेपालखोज २०७७ कार्तिक १३ गते ९:०३

काठमाडौं । पत्रकार रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

पत्रकार लामिछानेले आज सामाजिक सञ्जाल फेसबुक मार्फत यसको जानकारी गराएका छन् । मंगलबार रातिबाट सामान्य ज्वरो आएपछि पिसिआर गर्दा आफुहरुमा पोटिभ देखिएको लामिछानेले बताएका छन् ।

आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले भनेका छन्, ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्ध अवस्का सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’

प्रतिक्रिया