बिहीबार, वैशाख १३, २०८१

नगद ४८ हजार रुपैयाँ सहित विभिन्न धनमाल चोरी

नेपालखोज २०७७ कार्तिक १३ गते १३:३०

काठमाडौं । काठमाडौं महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठाबाट नगद ४८ हजार रुपैयाँ र ग्लोबल बैंकको पिन नम्बर लेखिएको एटिएमबाट नगद एक लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ ।

यसैगरी सर्लाहीको रामनगर गाउँपालिका ३ स्थित श्री तपसबी जगदेव मा.बि स्कुलबाट डेक्सटप कम्प्युटर, सीसीटिभी क्यामेरा, र कम्प्युटर प्रिन्टर समेत गरी करिब ६ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया