बिहीबार, चैत १५, २०८०

राष्ट्र बैंकद्वारा सरकारी कारोबार निर्देशिका २०७६ मा थप संसोधन

नेपालखोज २०७७ कार्तिक १३ गते १४:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका २०७६ (पहिलो संसोधन) मा थप संसोधन गरेको छ । राष्ट्र बैंकको बैकिङ विभाग अन्र्तगत रहेको सरकारी लेखा फाँटले वाँणिज्य बैंकहरुको नाउँमा बिहिबार परिपत्र जारी गर्दै सरकारी कारोबार निर्देशिका २०७६ मा संसोधन गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

संसोधित व्यवस्था अनुसार सरकारी खाता अन्तरगत महानगरपालिका तथा उपमहानगरपालिका अन्र्तगत रहेको आयोग, आयोजना, महाशाखा, शाखा, वडा लगायतका खर्च केन्द्रहरु (कस्ट सेन्टरहरु) मा लेखा सञ्चालन गर्न आर्थिक प्रशासन तर्फको छुट्टै अधिकृत समेतको व्यवस्था गरी खाता खोल्न सकिने छ । यस्ता खाताहरु अनिवार्यरुपमा सम्वन्धीत खर्च केन्द्रहरुको नाममा खोली सम्वन्धीत समुह अन्तरगत नै राखेर उक्त खाताहरुमा भएको कारोबार सरकारी कारोबार फाईलमा समावेश गरी प्रतिवेदन पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया