शुक्रबार, वैशाख ७, २०८१

मर्जरको लागि राष्ट्र बैंकले कुनैपनि संस्थालाई जोडबल गर्दैन: गर्भनर अधिकारी

नेपालखोज २०७७ असोज १३ गते १७:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले मर्जरको लागि कुुनै पनि संस्थालाई राष्ट्र बैंकले जोडबल नगर्ने बताएका छन् । गर्भनर अधिकारीले आज मंगलबार बैक तथा बित्तीय संस्थाका सञ्चालन एवं व्यवस्थापन प्रमुुखहरुसंग भर्चुअल माध्यमबाट बैठक गर्दे उक्त कुरा बताएका हुुन ।

बित्तीय क्षेत्रलाई थप सवल र मजवुुत बनाउनको लागि मर्जर आवस्यक छ, तर अहिलेको समयमा राष्ट्र बैंकले मर्जर कै लागि जोरजर्वजस्ती गर्देन, अहिलेको समय कसरी कोरोना भाईरस (कोभिड १९) को महामाहारीको असरबाट बाहिर निस्कने भन्ने हो, गर्भनर अधिकारीले भने । राष्ट्र बैंकले चालुु आर्थिक बर्षको मौद्रिक नीति मार्फत कोभिड १९ ले मुुलुकको समग्र अर्थतन्त्रमा पारेको असरहरुको न्युुनीकरण गर्नको लागि बिभिन्न परिपत्रहरु जारी गरेको छ, यो अवस्थामा सबै बैंक तथा बित्तीय संस्थाहरुले केन्द्रिय बैंकले जारी गरेको यि नीति नियमहरुलाई अक्षरस पालना गर्न पनि उनले अनुरोध गरे ।

अहिले परिस्थती प्रतिकुुल भएकाले हालको समयमा मर्जरलाई केन्द्रिय बैंकले दोस्रो प्राथमिकताको सुचीमा राखेको भन्दै बैंक तथा बित्तीय संस्थाहरुले आफ्नै स्वबिवेकले संस्थालाई बलियो बनाउनको लागि मर्जरमा जानुु पर्ने धारण व्यक्त गरे । कुुनै पनि बैंक तथा बित्तीय संस्थाका सञ्चालन तथा व्यवस्थापन प्रमुुखहरुले मर्जर तथा प्राप्तीमा जाँदा सिर्नर्जी प्राप्त हुुन्छ भन्ने लाग्छ भने मर्जर तथा प्राप्तीमा जानुहोस गर्भनर अधिकारीले भने । बैठकमा गर्भनर अधिकारीले बैंक सञ्चालक समितीले आफ्नो कार्यकारी अधिकार व्यवस्थापन समितीलाई हस्तान्तण गर्न समेत आग्रह गरे । एउटै व्यक्ति संस्थाहरुलाई मात्र ऋण दिंदा कुुनै पनि हालतमा उद्यमसिलता नबढ्नै भन्दै गर्भनर अधिकारीले कर्जा लगानीमा नयाँ संस्थाहरुलाई पनि प्राथमिकताको सुचीमा राख्न आग्रह गरे ।

बैठकमा बैंक तथा बित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेको एनएमबी बैंकका सञ्चालक समितीका अध्यक्ष पवन कुुमार गोल्याणले संघले दिएको सुझावहरुलाई कार्यान्वयनमा ल्याउँदा यसको प्रत्यक्ष फाईदा नेपाल राष्ट्र बैंक स्वंमलाई पनि पुुगेको बताए । राष्ट्र बैंकले बिभिन्न समयमा जारी गर्ने नीति निर्देशनहरुको प्रत्यक्षरुपमा बैंक तथा बित्तीय संस्थाहरुको लागि हो, बैंकरहरुको सुझावले नीति निर्माणमा सहयोग पुग्ने भएकाले संघका प्रतिनिधीलाई पनि राष्ट्र बैंक सञ्चालक समितीमा राख्ने उनले आग्रह गरे । बैंठकमा मेगा बैक सञ्चालक समितीका अध्यक्ष भोज बहादुर शाहले कोभिड १९ बाट बैंक तथा बित्तीय संस्थाहरु निकै नै प्रभावित भएको भन्दै यो अवस्थामा नगद लाभांस बितरणमा कडाई गर्न नहुुने बताएका थिए ।

बैठकमा प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, महालक्ष्मी बिकास बैंक, हिमालयन बैंक, नेपाल बैंक लगायतका बैंक तथा बित्तीय संस्थाका प्रतिनिधीहरु समेतले कोभिड कोभिड १९ ले बैंकिङ क्षेत्रमा परेको असर र यो समयमा केन्द्रिय बैंकले खेल्नुुपर्ने भुमिकाका बारेमा आआफ्नो धारण व्यक्त गरेका थिए ।

प्रतिक्रिया