बिहीबार, वैशाख १३, २०८१

देशभर न्यूनतम तापक्रम घट्दै

नेपालखोज २०७७ कार्तिक १४ गते ८:५९

काठमाडौं । यस वर्ष कार्तिक महिना सुरुवातमै देशभर न्यूनतम तापक्रम घट्दै गएको छ । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हिजो र अस्ति काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घटेर बिहान बेलुकी चिसो बढे पनि दिउँसो भने गर्मी नै छ ।

अधिकतम तापक्रम घट्दै गएपछि मात्रै दिउँसो पनि चिसो हुने महाशाखाले जनाएको छ । आज पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सफा हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया